विश्वकप फुटबल: पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा
काठमाडौँ । फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ ।
कतारको दोहास्थित अल थुमा रङ्गशालामा भएको क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १-० गोलअन्तरले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा पुगेको हो । मोरक्को सेमिफाइनलमा पुग्ने तेस्रो टोली बनेको छ । यसअघि क्रोएसिया र अर्जेन्टिना सेमिफाइनलमा पुगिसकेका छन् ।
मोरक्कोका लागि खेलको ४२औँ मिनेटमा युसुफ एन नेसरीले गरेको गोल निर्णायक बन्यो । मोरक्को दोस्रो हाफको अत्तिरिक्त समयमा १० खेलाडीमा सीमित बनेको थियो । अत्तिरिक्त समयको तेस्रो मिनेटमा मोरक्कोका वालिद चेदिरा दोस्रो पहेँलो कार्डपछिको रातो कार्ड पाएर मैदान बाहिरिएका थिए ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #विश्वकप फुटबल २०२२
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्