Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

टोखा मनोहर माविका प्रअमाथि यौन दुर्व्यवहारको आरोप, आरोप निराधार रहेको प्रधानाध्यापकको दाबी


काठमाडौं । टोखा नगरपालिका(१० सामाखुसीस्थित मनोहर माविका प्रधानाध्यापक माधवप्रसाद भट्टराईमाथि विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

भट्टराईले एक छात्रालाई एकान्त पारेर अनावश्यक छुने गरेको र यौन सम्पर्कसम्बन्धी कुराहरु गर्ने गरेको आरोप भट्टराईमाथि विद्यार्थी र टोखाबासीको तर्फबाट महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका छन ।

विद्यार्थीले विद्यालयमा तीन दिनदेखि विरोध प्रदर्शन गरिरहेका छन् ।

 

प्रहरी समक्ष जाहेरीमा निज बालिकाको ढाड छुने, मुसार्ने, ब्राको लक खोलिदिने, तिमीले यौन सम्पर्कको अनुभव तथा मज्जा लिएकी छौ की छैनौँ, तिम्रो त यौन सम्पर्क गर्ने उमेर हो भन्दै यौन सम्पर्कप्रति आकर्षित गर्नेजस्ता कार्य गर्ने गरेको लेखिएको छ ।

आरोप निराधार रहेको प्रधानाध्यापकको दाबी

 

प्रधानध्यापक भट्टराईले आफूमाथि लगाइएको आरोप निराधार रहेको भन्दै त्यस्तो हर्कत कल्पनासमेत गर्न नसकिने दाबी गरे ।

‘आइतबार बिहान म स्कुलको काम सकेर एक साताको घर बिदामा बसेको थिएँ तर त्यसै दिन दिउँसो विद्यालयमा नाराबाजी गर्ने कामहरू भएछन् ।

एक्कासी यी कुराहरु आएकाले यो नियोजित हो । त्यस्तो थियो भने त त्यहाँभन्दा अगाडि पनि कुराहरु आउँथ्यो होला’, भट्टराईले भने । उनले आफू ५ वर्षदेखि उक्त विद्यालयमा कार्यरत रहेको र तीन वर्षदेखि प्रधानाध्यापक रहेको बताए

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मनोहर माविका प्रअमाथि यौन दुर्व्यवहार


तपाईको कमेन्ट लेख्नुहोस्