Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

काठमाडौँमा अन्तर्राष्ट्रिय कर्ण कुम्भ द्धितीयको आयोजना हुने


 

काठमाडौं। काठमाडौँमा अन्तर्राष्ट्रिय कर्ण कुम्भ द्धितीयको आयोजना हुने भएको छ ।

कर्ण कायस्थ महासभा तथा कर्ण कायस्थ महिला समाज नेपाल भारतको आयोजनामा आगामी मङ्सिर २३ र २४ गते राष्ट्रिय नाचघर जमलमा अन्तर्राष्ट्रिय कर्ण कुम्भ द्धितीयको आयोजना हुने भएको हो ।

नेपाल, भारत तथा अन्य राष्ट्रबाट पनि सहभागिता रहने दुई दिवसीय कर्ण कुम्भ– २ मा भारत तथा नेपालका विद्वान वक्ताहरुबाट कर्ण कायस्थका विभिन्न पक्षहरुमाथि प्रकाश पार्दै कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको कर्ण कायस्थ महासभा नेपालका अध्यक्ष सन्तोष किशोर लाभले जानकारी दिनुभयो ।

सोही अवसरमा कायस्थका विभिन्न उपजातिहरु मध्ये कर्ण कायस्थहरुको उत्पत्ति, विकास, परम्परा र संस्कृति संरक्षण तथा नेपालमा वसोबासको स्थिति लगायत विभिन्न विषयहरुमाथि विस्तृत चर्चा एवं अन्तरक्रिया गर्नुको साथै कर्ण कायस्थ विद्वान लेखकहरुबाट रचित पुस्तकहरुको विमोचन समेत गरिनेछ ।

यस्तै, विभिन्न सम्मान तथा पुरस्कार वितरणका साथै आगामी कर्ण कुम्भ–३ सम्बन्धी जानकारी सहित काठमाडौँ घोषणा पत्र जारी गर्दै कार्यक्रम समापन हुने आयोजकले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्