Techie IT
बिहीबार, कात्तिक २७,२०८३

गोगंबु देखी बसुन्धारा सम्मको डुवान समस्या समाधान गर्ने मेयर अधिकारीको सक्रीयता


टोखा काठमाडौं । टोखा नगरपालिकाको वडा नं ५,७,९ र १० को डुवान समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्ने नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सक्रीयता बढाउनु भएको छ ।

बर्षामा हुने डुवान समस्यालाई जनभावना अनुसार यथासिघ्र समाधान गर्ने प्रमुख प्रकाश अधिकारीले बिशेष चासोका साथ लागी रहुभएको हो  ।

सोही सन्र्दभमा आज  चक्रपथ सुधार आयोजना प्रमुखसंग भेटघाट गरि यथासिघ्र ढल राख्न आग्रह गर्नुभएको छ । ।

चक्रपथ सुधार आयोजना अन्तर्गत दोस्रो चरणमा कलंकी देखि चाबहिलसम्म ८ लेनको सडक निमार्णको सुरुवात गरिएको छ । हाल टोखा नगरपालिकामा पर्ने गोगंबु देखी धापासी बसुन्धारा सम्मको सडकमा यथासिघ्र ढल राखी सडकको काम समयमै  सम्पन्न गर्ने मेयर अधिकारीले आग्रह गर्नुभएको हो ।

सडक बिस्तार आयोजनालाई टोखा नगरपालिकाको तर्फबाट सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धताका साथ सर्बेसाधारणलाई बर्सामा हिलो र हिँउदमा धुँलोको सास्ती खेप्नपर्ने बाध्यतालाई छिटै अत्य गराउन मेयर अधिकारीले जोड दिनु भएको छ ।

सो कार्यक्रममा वडा अध्यक्ष नरोतम राणा , वडा सदस्य गोपी पाठक , वडा अध्यक्ष रामभक्त घिमिरे लगायतका जनप्रतिनिधिहरुको उपस्थीती रहेको थियो ।

हाल सो सडक खण्डमा हिम पाइप राख्ने तयारी भैरहेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #गोगंबु देखी बसुन्धारा सम्मको डुवान समस्या


तपाईको कमेन्ट लेख्नुहोस्