सर्लाहीमा छुट्टाछुट्टै घटना दुर्घटनामा दुई जनाको मृत्यु
वीरगञ्ज । सर्लाहीमा छुट्टाछुट्टै घटना दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घरको बरण्डाबाट लडेर र पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको हो ।
मंगलबार राति साढे ८ बजे बरण्डाबाट खसेर धनुषाको गणेशमान चारनाथ नगरपालिका–. ४ वीरेन्द्र बजार बस्ने ५० वर्षीय भरतलाल लामाको मृत्यु भएको हो । लालबन्दी नगरपालिका–१ स्थित संजय कुशवाहाको घरमा डेरा गरी बस्दै आएका लामा तीन तल्ले घरको बरण्डाबाट खसेका थिए । बरण्डामा बस्ने क्रममा खसेर भरतलाल घाइते भएका थिए ।
उनलाई सर्लाहीकै हरिवनस्थित नमुना अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचाकरको क्रममा राति ८ः५५ बजे अस्पतालका चिकित्सकले उनको मृत्यु भएको घोषण गरेका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार सर्लाहीमै पोखरीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु भएको छ । सर्लाही ब्रहमपुरी गाउँपालिका– ६ नौकिलवा बस्ने देवशरण रायको छोरी १० वर्षीया उषा कुमारी यादवको मृत्यु भएको हो ।
मंगलबार बिहान १० बजेदेखि उषा घरबाट हराएकी थिइन् । उनको आमाले खोजतलासको क्रममा घरदेखि ४ सय मिटर पूर्व रत्नेश्वर रायको पोखरीमा डुबेर मरेको अवस्थामा साँझ साढे ५ बजेतिर फेला पारेकी थिइन् । घटनाबारे प्रारम्भिक अनुसन्धान गरी दुवै शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्