सिंहदरबार परिसर भित्र रहेका पुराना सवारी साधन लिलामी गरिने
काठमाडौँ । सिंहदरबार परिसर भित्र रहेका पुराना सवारी साधन लिलामी गरिने भएको छ । केन्द्रीय अनुगमन तगा मूल्यांकन समितिको ६३औं बैठकले यस्तो निर्णय गरेको हो ।
सिंहदरबार परिसर भित्र रहेका विभिन्न निकायका पुराना सवारी साधनको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायले कानुन अनुसार ‘लिलामी प्रक्रिया तत्काल अगाडि बढाउने’ निर्णय समितिले गरेको हो ।
समितिको बैठक मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा १३ मंसिरमा बसेको थियो । बैठकले सुरक्षा व्यवस्था, ट्राफिक लाइट र सौन्दर्यकरणजस्ता कामका लागि सम्बन्धित निकायले पहल गर्ने निर्णय समेत गरेको छ । यसअघि यस्ता सवारी साधनको लगत राखेर व्यवस्थापन गर्ने भनिए पनि लामो समयदेखि यस्तो काम भने हुन सकेको छैन ।
बैठकले राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वितरण सम्बन्धी कामलाई सरलीकरण गर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिएको छ । अन्तर निकाय सूचना आदान प्रदानमा सहजीकरण गर्न र एकीकृत सूचना प्रणाली अवलम्बन गर्न समेत समितिले भनेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पुराना सवारी साधन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्