Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

डोटीमा चितुवाको आक्रमणबाट पाँचजना घाइते


काठमाडौं । डोटीमा चितुवाको आक्रमणमा परेर पाँचजना घाइते भएका छन् । पूर्वीचौकी गाउँपालिका वडा नम्बर–५ बटालामा चितुवाको आक्रमणबाट पाँचजना घाइते भएका हुन् ।

चार वर्षीय बालक सिद्व बटाललाई घरमै आक्रमण गरेपछि स्थानीयले चितुवा भगाउने क्रममा अन्यलाई पनि घाइते बनाएको हो ।

घाइते हुनेहरुमा ४५ वर्षीया स्थानीय देवी बटाला, उनका ४ वर्षका नाती सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लाली गिरी र १० वर्षीया हसिना गिरी रहेका छन् ।

उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सबैको स्वास्थ्यस्थिति सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्