स्पेनलाई पराजित गर्दै मोरक्को क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ ।कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेनलाई पराजित गर्दै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
कतारको दोहास्थित एजुकेशन सिटी रङ्गशालामा आज भएको खेलमा मोरक्कोले स्पेनलाई टाइब्रेकरमा ३-० गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि गोलरहित बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा मोरक्कोका अब्देलहामिद साविरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गरे । त्यस्तै मोरक्कोका बदर बनोउनेले भने गोल गर्न सकेनन् । स्पेनका कुनै पनि खेलाडीले टाइब्रेकरमा गोल गर्न सकेनन् । पाब्लो सारावियाको सुरुवाती प्रहार पोस्टमा लाग्यो भने कार्लाेस सोलेर र सर्जियो बुस्केट्सको प्रहारलाई मोरक्कोका गोल रक्षक यासिन बोनोले बिफल बनाएका थिए ।
अब मोरक्काले अन्तिम आठमा पोर्चुगल र सर्वियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल र सर्वियाबीचको खेल आज राति १२ः४५ बजे हुनेछ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #मोरक्को, #स्पेनलाई पराजित गर्दै मोरक्को क्वार्टरफाइनलमा प्रवेश
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्