Techie IT
सोमबार, वैशाख २२,२०८२

लुम्बिनीको मुख्यमन्त्री कार्यालय रातारात दाङ सारियो


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको कार्यालय रातारात दाङ सारिएको छ ।

स्थायी पूर्वाधारहरुको निर्माणबिना नै राजधानी दाङ सारिएको हो । मुख्यमन्त्री कार्यालय दाङमा सारेसँगै बुटवलमा मुख्यमन्त्री कार्यालय बन्द रहने र दाङमै खुल्ने प्रदेश सरकारले जनाएको छ ।

अस्थायी मुकामका रुपमा बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामानहरू रातारात दाङ पुर्याइएको छ ।

३ वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामान सहितको कार्यालयका सम्पूर्ण सामाग्री बोकेर मुख्यमन्त्री सहितको सम्पूर्ण टोली स्थायी राजधानी देउखुरी गएको थियो ।

सोमबार मध्यरातमा मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान दाङ देउखुरीको राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा आज बिहान झारिएको छ ।

अब नयाँ बन्ने मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रहण स्थायी राजधानी दाङमै गर्ने तयारी थालिएको छ। २०७७ असोज २० गतेको प्रदेशसभा बैठकले लुम्बिनी प्रदेशको नाम र स्थायी राजधानी सार्ने निर्णय गरेको थियो। तर, पूर्वाधार निर्माणबिना नै रातारात राजधानी सरिएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #लुम्बिनी प्रदेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545