मुस्ताङमा दुर्घटनाग्रष्त तारा एअरको विमानको सामग्री संकलन सुरु

मुस्ताङ । तारा एयर कम्पनीले मुस्ताङमा दुर्घटनाग्रष्त विमानको सामग्री संकलन सुरु गरेको छ। सो कम्पनीले सोमबारदेखि मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने पानीपाथी हिमालको फेंद सानुसरे पहाडमा छरिएको दुर्घटनाग्रष्त विमानको सामग्री संकलन सुरु गरेको हो।
गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी टुईनेटर विमान मुस्ताङको सानुसरे पहाडमा दुर्घटनाग्रष्त भएको थियो। दुर्घटनामा विमानमा सवार १९ जनाले ज्यान गुमाएका थिए। तारा एयरको विमान दुर्घटना भएको ७ महिनापछि विमानको टुक्राटाक्री सामग्री उठाउँन सुरु गरिएको हो।
यसका लागि तारा एयरले विमानको टुक्राटाक्री सामग्री संकलन गर्न स्थानीय प्रशासन, प्रहरी र एक्याप जोमसोमसँग अनुमति लिएको थियो। एयरले दुर्घटनाग्रष्त विमानको सामग्री संकलन गर्ने जिम्मा समाजसेवी एवं सडक सुपरभाइजर इन्द्रसिंह शेरचनलाई जिम्मा दिएको छ।
शेरचनकै अगुवाइमा अहिले पानीपाथी हिमालको सानुसरे पहाडमा विमानको टुक्राटाक्री सामग्री संकलन गर्ने काम सुरु भएको हो।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारा एयर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्