समानुपातिकमा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर सिट पाउने
आम निर्वाचन ०७९ मा प्रतिनिधि सभातर्फ समानुपातिकमा नेकपा माओवादी केन्द्र र सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर सिट पाउने भएका छन् ।
सोमबार दिउँसोसम्म निर्वाचन आयोगको समानुपातिकतर्फको पछिल्लो तथ्यांकअनुसार उक्त दुई दलले समान सिट पाउने भएका हुन् ।
नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ ११ लाख ६२ हजार २२९ मत पाएको छ । रास्वपाले ११ लाख २४ हजार ५५४ मत पाएको छ । दुई पार्टीबीच केही हजार मतान्तर भए पनि मत परिणाम विभाजक सूत्रअनुसार दुवै पार्टीले समान सिट पाउने भएको हो ।
यस्तै, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र सिके राउत नेतृत्वको जनमत पार्टीबीच झण्डै २६ हजारको मत अन्तर छ । तर, मत परिणाम विभाजक सूत्रबाट हिसाब यी दुवै पार्टीले समान ५–५ सिट पाउने भएका छन् ।
प्रतिनिधि सभातर्फ प्रत्यक्षमा माओवादी केन्द्रले १८ सिट ल्याउँदा रास्वपाले ७ सिट जितेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग, #समानुपातिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्