Techie IT
मंगलबार, वैशाख २३,२०८२

प्याब्सनले फुटसल कप आयोजना गर्ने


काठमाडौं, १८ मङ्सिर २०७९ । निजीतथाआवासीयविद्यालय संगठन काठमाडौं (प्याब्सक) ले मंगलबारदेखि दुई दिनसम्म फुटसल आयोजनागर्ने भएको छ । संगठनले आज काठमाडौंमापत्रकार सम्मेलनगर्दै फुटसल प्रतियोगिताबारे जानकारी गराएको हो ।

संगठनका अध्यक्ष गेन्द्र लामाले दुई दिनसम्मचल्ने प्रतियोगितामा ३२ वटा विद्यालयकाविद्यार्थीहरूको टीम सहभागीहुने बताएका छन् । भाटभटेनी फुटसल ग्राउण्ड चुच्चीपाटीमा हुने प्रतियोगिताको तयारी भइरहेको प्याब्सककामहासचिव राजनश्रेष्ठ ‘धरातल’ ले जनाए ।प्रतियोगितामाप्याब्सक सदस्यविद्यालयले मात्रै सहभागिताजनाउनपाउने श्रेष्ठको भनाई छ । विद्यार्थीको सीपविकास गर्ने उद्देश्यले प्याब्सकले यस प्रकारकाकार्यक्रमआयोजनागर्दै आएको पनिमहासचिवश्रेष्ठले जनाए ।

प्रतियोगितामाप्रथमहुने टिमले १० हजार रुपिँयानगदसहित ट्रफी र प्रमाणपत्र, दोस्रो हुने टिमले ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र तथा तेस्रो हुने टिमले ३ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने प्रतियोगिताआयोजक समितिका संयोजक राजु पुडासैनीले जानकारी दिए ।

अठार वर्षअघि स्थापनागरिएको प्याब्सकले पटक–पटक शैक्षिकसहितसिर्जनात्मककार्यक्रमगर्दै आएको पत्रकार सम्मेलनमाजानकारी दिइएको थियो । प्याब्सकले यसअघि प्रिन्सिपलबीचपनि फुटसल प्रतियोगिता गराएको थियो । विद्यार्थीबीच खेलाइने यो सातौं प्रतियोगिताभएको आयोजकले जनाएको छ ।

प्याब्सकमा काठमाडौँको उत्तरी बेल्टका ४० भन्दा बढी निजीतथाआवासीयविद्यालयहरू समावेश छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #प्याब्सन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:18 am6:41 pm +0545