एमाले नेता बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि
काठमाडौं । नेकपा एमालेका नेता एवं काभ्रेबाट निर्वाचित सांसद गोकुल बास्कोटाको भक्तपुर लोकन्थलीस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।
आइतबार बिहान घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको सेनाले जनाएको छ ।
प्रहरीले बम भएको आशंकामा सेनाको बम डिस्पोजल टोली बोलाएको थियो । तर शंकास्पद वस्तु बम नभएको सेनाले पुष्टि गरेको छ ।
आज बिहान छिमेकीले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । सांसद बास्कोटा भने काभ्रेस्थित आफ्नै घरमा रहेका बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गोकुल बाँस्कोटा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्