बाजुराबाट कांग्रेसका सह-महामन्त्री बद्री पाण्डे विजयी
बाजुरा। बाजुरा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सह-महामन्त्री बद्री प्रसाद पाण्डे विजयी हुनुभएको छ।
पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापालाई ५हजार ४सय ३७ को मतान्तरले पछि पार्दै विजय हासिल गर्नुभएको हो।विजयी पाण्डेले ३१हजार ७ सय ८६ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी एमालेका कर्णबहादुर थापाले २६हजार ३सय ४९मत प्राप्त गर्नुभएको छ।बाजुरामा जम्मा मतदाता८३हजार ५सय ६७मध्ये ६०हजार एक सय५२मत खसेको थियो ।
प्रतिनिधिसभा एक र प्रदेश सभा दुई रहेको बाजुरामा प्रदेश सभा क मा एकीकृत समाजवादीका नरेश कुमार शाही प्रदेश ख मा कांग्रेसका पदम बहादुर शाहि र प्रतिनिधि सभामा पाण्डे विजयी हुनुभएको हो।यो सँगै बाजुरामा मतगणना कार्य सबै सम्पन्न भएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कर्णबहादुर थापा, #बद्री पाण्डे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्