Techie IT
सोमबार, वैशाख २२,२०८२

अमेरिकी राजदूतसँगको भेटबारे भिम रावललाई मेयर बालेनले दिए यस्तो जवाफ !


काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर बालेन साहले नेकपा एमालेका नेता भीम रावललाई फर्काएको जवाफ अहिले चर्चामा छ ।

नेता रावलले अमेरिकी राजदूत डीन थम्पसनले मेयर साहलाई भेटेकोमा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर भेटेको हो कि होइन ? भन्दै प्रश्न गरेका थिए ।

बालेनले रावलले उठाएका विषयलाई खण्डन गर्दै परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आफूलाई भेट्न आएपछि राजदूत डीन थम्पसनसँग भेटेको बताएका हुन् । अमेरिकी राजदूतले पटक पटक भेट्न खोज्दा आफूहरुले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेको र अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि भेटेको बालेनले बताएका छन् ।

भेटका क्रममा महानगरलाई आर्थिक सहयोगका लागि आएको प्रस्ताव अस्वीकार गरेको समेत बालेनले दाबी गरेका छन् । बरु अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर पाटी पौवा बनाइदिन सहयोग गर्ने भनेर बताएको उनको भनाइ छ ।

त्यस्तै, एमसीसीमार्फत उत्पादन भएको विद्युत विदेशीलाई बेच्नेभन्दा पनि नेपालमै त्यसको प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्ने आफूले धारणा राखेको बालेनले बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालेन साह, #भीम रावल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545