घाँटी रेटेर हत्या गरिएकी मायाको मोबाइल भेटियो
काठमाडौं । बैतडीमा घाँटी रेटेर हत्या गरिएकी माया लुहारको मोबाइल फेला परेको छ । घटनास्थलनजिकै मोबाइल फेला परेको प्रहरीले जानकारी दिएको छ ।
मायाँको फोन फेला परेसँगै घटनाको धेरै पक्ष सुल्झिने सम्भावना रहेको प्रहरीले जनाएको छ । मायाँको हत्या आरोपमा उनका आफन्तले शिवनाथ गाउँपालिका-४ सोलपलाका भरतराम कोलीविरुद्ध उजुरी दर्ता गराएका छन् ।
कोली सशस्त्र प्रहरीमा कार्यरत जवान हुन् । हाल उनी फरार रहेका छन् । संघीय निर्वाचनमा म्यादी प्रहरी बनेर खटिएकी मायाको कोलीसँग प्रेम सम्बन्ध रहेको खुलेको छ ।
कोलीको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । कोली भारत भाग्न सक्ने आशंकामा सीमा नाकामा सुक्ष्म निगरानी राखिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #घाँटी रेटेर हत्या गरिएकी मायाको मोबाइल भेटियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्