चेतना साउदको मृत्यु प्रकरण : घटनामा संलग्न चालक पक्राउ
धनगढी ।जिल्ला प्रहरी कार्यालय कैलालीले ग्रेडरले किचेर मृत्यु भएकी छात्रा चेतना साउदको घटनामा संलग्न चालकलाई पक्राउ गरि आवश्यक कारबाही अघि बढाइएको जनाएको छ ।
कैलालीका निमित्त प्रहरी प्रमुख डिएसपी बेदप्रकाश जोशीले आज प्रेस विज्ञप्ति जारी गर्दै पीडित पक्षसँगको छलफल पश्चात् रितपूर्वक किटानी जाहेरी दर्ता भई चालक बिमल कुमाललाई कडा कारबाही गर्ने गरि अनुसन्धान अघि बढिरहेकाले निषेधाज्ञा क्षेत्रभित्र हुल–हुज्जत, भेला, प्रदर्शन जस्ता गतिविधि नगर्न र त्यस्तो स्थानमा कोही (विद्यार्थी) नजान सवैमा आग्रह गर्नुभएको छ ।
बिहीबार धनगढी ५ हसनपुर सडकखण्ड निर्माण कार्यमा संलग्न ना १ क ९७५ नं को चालक विमल कुमालले लापरबाहीपूर्ण तरिकाले ग्रेडर चलाउँदा किचेर छात्रा चेतना साउदको मृत्यु भएको उल्लेख गर्दै घटनापश्चात् सम्भावित परिस्थितिलाई मध्यनजर गरी बिहीबार साँझ ७ः०० बजेदेखि धनगढी क्षेत्रमा लागू गरिएको निषेधाज्ञाको पालना गर्ने क्रममा प्रहरीले सामान्य बल प्रयोग गरि विद्यार्थी केहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत छात्रा चेतनाको बिहीबार ग्रेडरले किचेर मृत्यु भएपछि आक्रोशित विद्यार्थीहरूले धनगढीमा लगातार प्रदर्शन गर्दै आएका छन् ।
स्थानीय प्रशासनले जनधनको रक्षा गर्न र सरकारी सम्पत्तिको संरक्षण गरि शान्ति सुरक्षा कायम राख्न भन्दै धनगढीमा बिहीबार साँझ ७ बजेदेखि अनिश्चित कालिन निषेधाज्ञा जारी गरेको छ ।
धनगढीमा भोलि बिहान सम्मका लागि निषेधाज्ञाको निरन्तरता
जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा जारी निषेधाज्ञालाई भोलि बिहान ४ बजे सम्मका लागि निरन्तरता दिएको छ ।
हिजो मङ्सिर १५ गते साँझ ७ बजेदेखि धनगढी क्षेत्रमा जारी निषेधाज्ञा अवधिलाई भोलि मङ्सिर १७ गते बिहान ४ बजेसम्म निरन्तरता दिइएको स्थानीय प्रशासनले जनाएको छ ।
हिजो हसनपुर सडकखण्डमा बिमल कुमालले चलाएको ग्रेडरले किचेर छात्रा चेतना साउदको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरि प्रमुख जिल्ला अधिकारी किरण थापाले धनगढी क्षेत्रमा निषेधाज्ञा जारी गर्नुभएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #चेतना साउद, #चेतना साउदको मृत्यु प्रकरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्