Techie IT
आईतबार, कात्तिक ३०,२०८३

बाजुरामा मतगणनका लागि जुट्यो सहमति, मतगणना सुरु हुँदै


काठमाडौं । बाजुरामा मतगणनका लागि सहमति जुटेको छ ।

नेकपा एमालेको विरोधका कारण सुरु हुन नसकेको मतगणना आजबाट भने सुरु हुने भएको हो । आज बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि गणना सुरु हुने भएको हो ।

गणना दिउँसो साढे तीन बजेबाट सुरु हुने बताइएको छ ।

मंसिर ४ गते निर्वाचनका दिन कांग्रेस कार्यकर्ताले नेकपा एमालेका विद्यार्थी नेता चेतन ऐडीको हत्या गरेपछि एमालेले हत्यारालाई पक्राउ गरेर कारबाही अगाडि नबढाएसम्म मतगणनामा सहभागी नहुने अडान लिएपछि मतगणना सुरु हुन सकेको थिएन ।


क्याटेगोरी : समाचार
ट्याग : #बाजुरामा मतगणनका लागि जुट्यो सहमति


तपाईको कमेन्ट लेख्नुहोस्