चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन
काठमाडौं । चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन भएको छ ।
रक्तकोषिका र श्वेतरक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा आज मध्याह्न उनको निधन भएको हो ।
नेता चियाङ ९६ वर्षका थिए । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को केन्द्रीय समितिले उनको निधनको पुष्टि गरेको हो ।
पूर्वराष्ट्रपति चियाङले सन् १९८९ देखि २००२ सम्म सिपिसीको महासचिव, सोही वर्षदेखि सन् २००४ सम्म केन्द्रीय सैन्य आयोगको अध्यक्ष तथा सन् १९९३ देखि २००३ सम्म राष्ट्रपतिका रुपमा चीनको नेतृत्व गरेका थिए ।
उमेर र शारीरिक अस्वस्थताका कारण नेता चियाङ बितेका तीन वर्षयता सार्वजनिकस्थलमा देखिएका थिएनन्। तीन वर्षअघि उनी तत्कालीन प्रधानमन्त्री ली फङको अन्त्येष्टिमा सहभागी भएका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #चियाङ चेमिन, #चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्