धनगढीमा ग्रेडरले किच्दा एक छात्राको मृत्यु
धनगढी I कैलालीको धनगढीमा ग्रेडरले कुल्चिदा (किच्दा) एक छात्राको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका ५ हसनपुरमा ना १ क ९७५ नं को ग्रेडरले कुल्चिदा १५ बर्षिया चेतना साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एंव डिएसपी बेदप्रकाश जोशीले बताउनु भयो । धनगढी तारानगर बस्ने साउद पञ्चोदय मावि कक्षा ८ मा अध्यनरत विधार्थी हुन् । आज विहान स्कुल जाँदै गरेकी उनलाई ग्रेडरले किचेको प्रत्यक्षदर्शीको भनाई छ ।
सडक लेवल मिलाउदै ग्रेडर ब्याक गर्ने क्रममा साईकलमा रहेकी चेतनालाई कुल्चिएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सहपाठीको मृत्युपछि आक्रोसित भएका विधार्थीहरुले प्रदर्शन गर्दै हसनपुर (पिपलचौतरा) सडकखण्ड अवरुद्ध गरेका छन् । घटनास्थलमा ठुलो सख्यामा प्रहरी परिचालन गरिएको र ग्रेडर तथा चालकलाई नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #धनगढीमा ग्रेडरले किच्दा एक छात्राको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्