माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुकुटेमा
सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे आउनुभएको छ ।
पार्टीको दस्ताबेज लेखन र महत्त्वपूर्ण राजनीतिक निर्णय लिनु अघि माओवादी अध्यक्ष प्रचण्ड सुकुटे आउने गर्नुभएको छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटासँगै प्रचण्ड सुकुटे आउनुभएको हो ।
सुकुटेमा अध्यक्ष प्रचण्डले र्याफ्टिङ समेत गर्नुभएको छ । निकट स्रोतका अनुसार प्रचण्ड, सभामुख सापकोटा लगायत आज सुकुटेस्थित सुकुटे बीचमा बस्नुहुने छ ।
काठमाडौँबाट करिब २ घण्टामा पुगिने सुकुटे क्षेत्र बीचको मज्जा लिन र जलयात्राका लागि निकै चर्चित छ । सुकुटे बसाई आन्तरिक तथा बाह्य पर्यटकका लागि तुलनात्मक रुपमा सस्तो समेत रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुकुटेमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्