सुनसरीमा नेकपा एमालेको विजय जुलुसमाथि ढुंगामुढा
सुनसरी । सुनसरीको दुहबीमा नेकपा एमालेको विजय जुलुसमाथि ढुंगामुढा भएको छ । जुलुसमा ढुंगा प्रहार भएपछि दुहवी नगरपालिका ९ छाताबेलीमा झडपसमेत भएको छ ।
एमालेबाट प्रतिनिधिसभामा विजयी नेतृ भगवती चौधरी, प्रदेशसभा सदस्य रोहितबहादुर कार्कीको विजयोत्सव र्यालीमाथि आक्रमण भएको हो । एक्कासी ढुंगामुढा भएपछि केहीबेर सो क्षेत्र तनावग्रस्त बनेको थियो ।
ढुंगा लागेर एमाले कार्यकर्ताहरू लालमोहम्वद रैन, कुर्वान मियाँ, तवरेज आलम घाइते हुनुभएको छ। उहाँहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
दुहबी-९ का वडाअध्यक्ष तथा सुनसरी-३ का क्षेत्रीय सभापति मेहदी हुस्सेनको घरनजिक पुगेको र्यालीमा एक्कासी आक्रमण गरिएको एमालेले जनाएको छ । २०४८ सालदेखि निरन्तर जितिरहनु भएका कांग्रेस नेता विजयकुमार गच्छदारलाई हराएर सुनसरी ३ मा यो पटक एमालेले जितेको थियो । जनमतबाट पराजय भएपछि हार स्वीकार गर्न नसकेर गच्छद्धारका कार्यकर्ताले एमालेको जुलुसमा हमला गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भगवती चौधरी, #सुनसरीमा नेकपा एमालेको विजय जुलुसमाथि ढुंगामुढा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्