सुनसरीमा नेकपा एमालेको विजय जुलुसमाथि ढुंगामुढा

सुनसरी । सुनसरीको दुहबीमा नेकपा एमालेको विजय जुलुसमाथि ढुंगामुढा भएको छ । जुलुसमा ढुंगा प्रहार भएपछि दुहवी नगरपालिका ९ छाताबेलीमा झडपसमेत भएको छ ।
एमालेबाट प्रतिनिधिसभामा विजयी नेतृ भगवती चौधरी, प्रदेशसभा सदस्य रोहितबहादुर कार्कीको विजयोत्सव र्यालीमाथि आक्रमण भएको हो । एक्कासी ढुंगामुढा भएपछि केहीबेर सो क्षेत्र तनावग्रस्त बनेको थियो ।
ढुंगा लागेर एमाले कार्यकर्ताहरू लालमोहम्वद रैन, कुर्वान मियाँ, तवरेज आलम घाइते हुनुभएको छ। उहाँहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
दुहबी-९ का वडाअध्यक्ष तथा सुनसरी-३ का क्षेत्रीय सभापति मेहदी हुस्सेनको घरनजिक पुगेको र्यालीमा एक्कासी आक्रमण गरिएको एमालेले जनाएको छ । २०४८ सालदेखि निरन्तर जितिरहनु भएका कांग्रेस नेता विजयकुमार गच्छदारलाई हराएर सुनसरी ३ मा यो पटक एमालेले जितेको थियो । जनमतबाट पराजय भएपछि हार स्वीकार गर्न नसकेर गच्छद्धारका कार्यकर्ताले एमालेको जुलुसमा हमला गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भगवती चौधरी, #सुनसरीमा नेकपा एमालेको विजय जुलुसमाथि ढुंगामुढा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्