Techie IT
शुक्रबार, असार ६,२०८२

स्याङ्जा-२ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगको निर्देशन


काठमाडौँ ।स्याङ्जा–२ र बाजुरामा पुनः मतदान नहुने भएको छ ।

निर्वाचन आयोगको आज बसेको बैठकले  स्याङ्जा–२ र बाजुरामा गणना सुरु गर्न गर्न निर्देशन दिएसँगै पुनः मतदान नहुने भएको हो ।

आयोगको आज बसेको बैठकले मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत बाजुरा र स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को पनि मतगणना गर्न सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

स्याङ्जा २ चापाकोट नगरपालिकाका चार वटा बुथमा नेपाली काँग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका थिए भने बाजुरामा मतदानको दिन झडप हुँदा मानवीय क्षति समेत भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निर्वाचन आयोग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545