सत्ता-गठबन्धनको बहुमत पुग्न कठिन हुँदा एमाले सरकारको सम्भावना कति ?
नेपाली राजनीतिमा असम्भव भन्ने केही देखिँदैन। पाँच वर्षअघि जम्मा ६३ सिट पाएको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न पाएको घटनाले आगामी पाँच वर्षका लागि कुनै सम्भावनालाई खारेज गर्न मिल्दैन।
हाल सत्ता-गठन्धनमा रहेका दल बाहेकलाई जोड्दा बहुमत बाहिरै छ तर बाहिर रहेकाहरुमा समस्या छ। एमालेले नेतृत्व गर्न पाउँदा प्रधानमन्त्रीका लागि अध्यक्ष केपी शर्मा ओली नै अघि सर्नेछन्। उनी अघि सर्दा राष्ट्रिय स्वतन्त्र पार्टी पछि हट्ने निश्चित छ। किनभने, उक्त पार्टीका सभापति रवि लामिछानेले भनिसकेका छन्, ‘पूर्वप्रधानमन्त्रीहरुको नेतृत्वमा सरकारमा जाँदैनौं।’
ओली नेतृत्वमा जान नचाहने अर्को समूह प्रभु साहको हो। उनले ओलीसँग सम्बन्ध सुमधुर हुन नसकेकै कारण चुनावको मुखमा एमाले छाडेका हुन्।
यी समस्या राम्रोसँग केलाएरै एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर पुनर्मिलनको प्रस्ताव गरेका हुन्। तर प्रचण्डले अहिल्यै यो गठबन्धनबाट निस्किने संकेत गरिरहेका छैनन्।
अहिलेको परिस्थितिअनुसार तीन ठूला दलको मत जोड्दा जम्मा १ सय २८ पुग्छ। २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १ सय ३८ सिट चाहिन्छ।
कांग्रेसमा सरकारको नेतृत्व परिवर्तनको मुद्दा जोडतोडले उठिरहेको छ। यदि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेतामा पराजित भएर महामन्त्री गगन थापाले जितेमा सत्ता समीकरणमा फेरबदल आउन सक्छ। राजनीतिमा भएको पुस्तान्तरण स्वीकार्न नसक्ने अवस्थामा प्रचण्डले ओली स्वीकार्न सक्ने आकलन भने गरिँदैछ।
प्रमुख दलहरूलाई चुनौती दिँदै नयाँ पार्टी
यसपालिको निर्वाचनमा सबै प्रमुख दलहरूलाई चुनौती दिँदै नयाँ पार्टीहरू उदाएका छन् । भलै ठूलो संख्यामा आउन नसके पनि उनीहरूको उदयले सत्ता समीकरणमा भने असर गर्ने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी यसपालिको निर्वाचनमा उदाएका पार्टी हुन् । उनीहरू मात्रै होइन राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्नो शक्ति बढाएको छ । यस्तो अवस्थामा प्रमुख दलहरूबीच सत्ता समीकरणको रस्साकस्सी हुने देखिएको छ ।
यसपालिको चुनावमा कुनै एक दलको बहुमत त परको कुरा दुवै गठबन्धनको पनि बहुमत नआउने देखिएको छ । सत्ता गठबन्धन र एमालेसँग चुनावी तालमेल गरेका दुवै गठबन्धनको बहुमत नआउने देखिएको हो । यसले गर्दा आगामी सरकार कसको बन्छ भन्ने यकिन छैन । सत्ता गठबन्धनलाई बहुमतमा केही सिट अपुग भएको अवस्थामा समेत ऊसँग धेरै विकल्प छैन ।
सत्ता गठबन्धनबाहेक दलहरू एमालेसँगको तालमेलमा छन् । यसर्थ उनीहरू एमालेकै नेतृत्वमा सरकार बनाउनेतिर जान सक्छन् । तर, एमाले नेतृत्वमा सरकार बन्न त्यतिले मात्रै पुग्दैन । राष्ट्रिय स्वतन्त्र पार्टी समेतको साथमा एमाले सरकार बन्ने सम्भावना रहन सक्छ ।
सबै नतिजा आइनसकेको हुनाले एमाले र सत्ता गठबन्धनले कस्तो रणनीति अवलम्बन गर्छन् भन्ने यकिन छैन । तर, एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेर सहकार्यको प्रस्ताव गरेको विवरणहरू आएका छन् ।
यसले एमालेले पनि आफ्नो नेतृत्वमा सरकार बनाउन सम्भावित कदमहरू चाल्न सक्ने आँकलन गर्न सकिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले सरकार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्