Techie IT
सोमबार, वैशाख २२,२०८२

साझापाना अनलाइनकी पारु नेपाल अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार–२०२२ बाट पुरस्कृत


काठमाडौंः साझापाना अनलाइनकी कार्यक्रम प्रस्तोता एवं कवि पारु तिमिल्सिना नेपाल अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार–२०२२ बाट पुरस्कृत भएकी छिन् ।

नेपाल–बंगलादेश मैत्री संघले सोमबार काठमाडौंको भृकुटिमण्डपस्थित पर्यटन बोर्डमा आयोजना गरेको नेपाल–बंगलादेश व्यापार, पर्यटन र सांस्कृतिक गोष्ठीमा प्रस्तुतकर्ताको जिम्मेवारी सम्हालेकी तिमिल्सिना उत्कृष्टता प्रस्तुतकर्ताबाट पुरस्कृत भएकी हुन् ।

 

डा.भोला रिजालको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा नेपाल–बंगलादेश मैत्री संघका अध्यक्ष दिन दिया रिजाल,मासिक मनोजीवन ढाका बंगलादेशका अभिनय सम्पादक इमदादुल हक तय्यब र पर्वतको फलेवास नगरपालिकाका मेयर गंगाधर तिवारीले सो पुरस्कार तिमिल्सनालाई प्रदान गरेका हुन् ।

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #पारु तिमिल्सिना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:18 am6:41 pm +0545