नेप्से ३२ अंकले वृद्धि
काठमाडौँ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार ३२।४३ अंक वृद्धि भएको छ । बिहीबारको तुलनामा नेप्से १।६८ प्रतिशतले वृद्धि भएर १९६५।९८ विन्दुमा बन्द भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज दुई अर्ब दुई करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज कारोबारमा आएका २३३ धितोपत्रको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर खरिद–बिक्री भएको छ
आज सर्वाधिक सेयर मूल्य वृद्धि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको भएको छ । यो कम्पनीको सेयर मल्य ८।२१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको सेयर कारोबार सर्वाधिक भएको छ । यो कम्पनीले गत शुक्रबार ७० प्रतिशत लाभांश दिने निर्णय गरसँगै कम्पनीको सेयर खरिद गर्नेको संख्या बढेको हो । यो कम्पनीको ४५ करोड चार लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
कारोबारमा आएका १३ मध्ये म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि लघुवत्त समूहको भएको छ । यो समूहको परिसूचक ३।०७ प्रतिशत वृद्धि भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेप्से, #नेप्से ३२ अंकले वृद्धि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्