रामेछाप जिल्लामा गठबन्धनका उम्मेदवारहरू निर्वाचित
रामेछाप । एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रामेछाप जिल्लामा गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन् ।
प्रतिनिधिसभा सदस्यतर्फ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम)ले ४७ हजार ९८ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेलले–३० हजार ७ सय २९ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका लाल बहादुर घिसिङले १ हजार ४ सय ८४ मत प्राप्त गरि तेस्रो स्थानमा रहनु भएको छ ।
यसैगरी प्रदेशसभाका दुवै क्षेत्रमा पनि गठबन्धनका उम्मेदवारहरू विजयी हुनुभएको छ । क्षेत्र नं (१) मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका तारानारायण श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शान्ति प्रसाद पौडेलले १५ हजार १५७ मत प्राप्त गर्नुभएको छ । यसैगरी राप्रपाका हिक्मतबहादुर सुनुवार ३, हजार ४ सय ९५ मत प्राप्त गरी तेस्रो हुनुभएको छ ।
प्रदेशसभा २ मा पनि गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका युवराज चौलागाईंले २२ हजार ९ सय ७९ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मिलन कुमार घिसिङले १८ हजार २ सय ५ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी राप्रपाका भरतसिंह वाइबाले २ हजार ७७ मत प्राप्त गर्नुभएको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थली, रामेछापले जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #रामेछाप, #रामेछाप जिल्लामा गठबन्धनका उम्मेदवारहरू निर्वाचित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्