तेह्रथुममा मोटरसाइकल दुर्घटना एक युवकको मृत्यु
तेह्रथुम। तेह्रथुममा गए राति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता छिपिन्जो भोटेले जानकारी दिनुभयो । सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ फर्किने क्रममा को२१प ४२२८ नंको मोटरसाइकल दुर्घटना परेको थियो ।
म्याङलुङस्थित दशगते उद्यानमा मोटरसाइकल अनियन्त्रित भई सडकको पिलरमा ठोक्किएपछि घाइते भएका लिम्बूको उपचारका लागि धरान लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तेह्रथुममा मोटरसाइकल दुर्घटना एक युवकको मृत्यु, #दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्