महोत्तरी क्षेत्र नम्बर १ मा एमाले विजय
महोत्तरी । महोत्तरी क्षेत्र न १ मा प्रतिनिधिसभा तर्फ लक्ष्मी महतो कोइरी र प्रदेश सभा १(क) तर्फ शारदा देवि थापा निर्वाचित हुनुभएकाे छ । प्रतिनिधिसभा तर्फ सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई पराजित गर्दै महतो निर्वाचित भएका हुन् । महतोले पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गरेका हुन् । महतोले २३ हजार ४ सय २ मत ल्याएका छन् भने पोखरेलले २२ हजार ३ सय ७२ मत ल्याएका छन् ।
नेकपा एमाले-जसपा गठबन्धनबाट उम्मेदवारी दिएका महतोले सत्तारुढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेललाई पराजित गरेका हुन् । २०७४ मा भएको निर्वाचनमा पोखरेलले महतोलाई पराजित गरेका थिए । २०७४ मा भएको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार पोखरेलले २३ हजार ७ सय ७६ मत ल्याउनुभएको थियो भने महतोले १९ हजार ४ सय ९२ मत ल्याउनुभएको थियो । महतो सघिय समाजवादी फोरमबाट उम्मेदवारी दिनुभएको थियो । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा महतो नेकपा एमालेबाट उम्मेदवारी दिनुभएको हो । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले टिकट नदिएपछि महतो एमाले प्रवेश गरेका हुन्।
त्यस्तै प्रदेश सभा (क) तर्फ शारदा देवि थापा निर्वाचित हुनुभएको छ । थापाले सता गठबन्धनका उम्मेदवार तथा लोसपाका उम्मेदवार पिताम्बर महतोलाई ७ सय १९ मतले पराजित गर्दै निर्वाचित हुनुभएको हो । थापाले ८ हजार ३ सय ४ मत ल्याउनुभएको छ भने महतोले ७ हजार ५ सय पचासी मत ल्याउनुभएको छ । प्रदेश सभा सदस्यमा थापा दोस्रो पटक निर्वाचित हुनुभएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #महोत्तरी क्षेत्र नम्बर १ मा एमाले विजय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्