Techie IT
शुक्रबार, असार ६,२०८२

बागमती प्रदेशमा कांग्रेस सबैभन्दा ठूलो दल बन्ने संकेत


काठमाडौं । बागमती प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ । शनिबार बिहानसम्म बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ ४५ सिटको नतिजा आएको छ । जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै १८ सिट जितेको छ ।

यस्तै नेकपा एमाले ९, माओवादी केन्द्र ७, राप्रपा ५, नेकपा एकीकृत समाजवादी पार्टी ४, नेमकिपा १, हाम्रो नेपाली पार्टी १ सिटमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

बागमती प्रदेशमा प्रत्यक्षतर्फ कुल ६६ सिट रहेको छ । दोलखाका दुई क्षेत्रबाहेक बागमतीका नतिजा आउन बाँकी रहेका प्रदेश निर्वाचन क्षेत्रमा मतगणना जारी छ । आयोगका अनुसार मतगणना भइरहेका स्थानमा कांग्रेस ६, एमाले ४, माओवादी ६, राप्रपा २ र एकीकृत समाजवादी १ सिटमा अगाडि छन् । बागमती प्रदेशमा समानुपातिकतर्फ भने झिनो मतान्तरले एमाले अगाडि देखिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545