कानूनको सही कार्यान्वयनमा जोड दिई भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ: राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजको दिगो शान्ति र सुव्यवस्थाका लागि कानूनको सही कार्यान्वयनमा जोड दिई भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।
एन्टिक्रप्सन एकेडेमी नेपालले आज काठमाडौँमा गरेको ‘सदाचार दीप सम्मान’ कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको सर्वाङ्गीण विकासका लागि भ्रष्टाचार ठूलो तगारोका रुपमा रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले मुलुकको विकास र समृद्धिका लागि सुशासन पहिलो र अनिवार्य सर्त रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले नेपालमा भ्रष्टाचार नियन्त्रण तथा सदाचार संस्कृतिको विकासका लागि विभिन्न सरकारी निकाय तथा कानूनी व्यवस्था गरिएको भए पनि भएका कानूनको प्रभाकारी कार्यान्वयन हुन नसक्दा अपेक्षा अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले आवधिक निर्वाचन, कानूनको शासन, पारदर्शीता र जबाफदेहिता जस्ता लोकतान्त्रिक मूल्य–मान्यताको अवलम्बन गरी सहज रुपमा जनताका आवश्यकता आवश्यकता सम्बोधन गर्न राज्यको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले सदाचार दीप सम्मान २०७९ बाट पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्य, पूर्व सचिव भरतबहादुर थापा, शिक्षाविद् सुरेशराज शर्मा र समाजसेवी भद्र कुमारी घलेलाई सम्मान गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्