कानूनको सही कार्यान्वयनमा जोड दिई भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ: राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजको दिगो शान्ति र सुव्यवस्थाका लागि कानूनको सही कार्यान्वयनमा जोड दिई भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।
एन्टिक्रप्सन एकेडेमी नेपालले आज काठमाडौँमा गरेको ‘सदाचार दीप सम्मान’ कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको सर्वाङ्गीण विकासका लागि भ्रष्टाचार ठूलो तगारोका रुपमा रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले मुलुकको विकास र समृद्धिका लागि सुशासन पहिलो र अनिवार्य सर्त रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले नेपालमा भ्रष्टाचार नियन्त्रण तथा सदाचार संस्कृतिको विकासका लागि विभिन्न सरकारी निकाय तथा कानूनी व्यवस्था गरिएको भए पनि भएका कानूनको प्रभाकारी कार्यान्वयन हुन नसक्दा अपेक्षा अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले आवधिक निर्वाचन, कानूनको शासन, पारदर्शीता र जबाफदेहिता जस्ता लोकतान्त्रिक मूल्य–मान्यताको अवलम्बन गरी सहज रुपमा जनताका आवश्यकता आवश्यकता सम्बोधन गर्न राज्यको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले सदाचार दीप सम्मान २०७९ बाट पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्य, पूर्व सचिव भरतबहादुर थापा, शिक्षाविद् सुरेशराज शर्मा र समाजसेवी भद्र कुमारी घलेलाई सम्मान गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्