तेह्रथुमकाे प्रतिनिधि सभामा एमालेका विजय सुब्बा र कांग्रेसकी सिता गुरुङबीच कडा प्रतिस्पर्धा
तेह्रथुम । तेह्रथुममा प्रतिनिधि सभा सदस्यको जारी मतगणनामा नेपाली कांग्रेसकी उम्मेदवार सिता गुरुङले मतान्तरण घटाउँदै जानुभएको छ ।
आज शुक्रबार कांग्रेसकी उम्मेदवार गुरुङले नेकपा एमालेका उम्मेदवार विजय सुब्बालाई मतान्तर घटाउँदै पछ्याई रहनुभएको हाे। तेह्रथुमकाे प्रदेशसभा (क) को मतगणना सम्पन्न हुँदा ८ सय ५ मतले अग्रता लिनुभएका सुब्बालाई प्रदेशसभा (ख) अन्तर्गत आठराई गाउँपालिकाको मतगणना सुरु हुँदा मतान्तर घटाउँदै ३९ मतान्तरणसहित गुरुङले पछ्याई रहनु भएको हो।
सुब्बाले ११ हजार ९ सय १८ मत प्राप्त गर्दा गुरुङले ११ हजार ८ सय ७९ मत प्राप्त गर्नुभएको छ । ७१ हजार ९ सय ३३ मतदाता रहेकाे तेह्रथुममा ४१ हजार १ सय ८० जना मतदाताले मतदान गरेका थिए ।
तेह्रथुममा प्रतिनिधि सभा तर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेकाे छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तेह्रथुम, #विजय सुब्बा, #सिता गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्