कैलाली-५ मा कांग्रेसका डिल्लीराज पन्त निर्वाचित
धनगढी। कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई एक हजार ७४ मतान्तरले पराजित गरी प्रतिनिधि सभा सदस्यमा जित हासिल गर्नुभएको हो । विजयी हुनुभएका पन्तले २१ हजार ३९२ मत प्राप्त गर्नुभयो भने पराजित रानाले २० हजार ३१८ मत पाउनुभयो ।
यसै गरी, स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले आठ हजार ३४९ र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको अर्का स्वतन्त्र उम्मेदवार जगदीश चौधरीले सात हजार ४६० मत प्राप्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका ईश्वरी विष्टले चार हजार ५०५ मत प्राप्त गर्नुभयो ।
पन्त यसअघि २०७४ मा ५ को (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसैगरी, पूर्व मन्त्रीसमेत रहनुभएका राना २०७४ मा यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएका पन्तलाई बधाई दिनुहुँदै पराजित रानाले यो क्षेत्रको विकासका लागि आफूले सुरुवात गरेका कामहरूलाई पूर्णता दिन आग्रह गर्नुभयो । यस्तै, उहाँले प्रदेश सभा सदस्यमा निर्वाचित प्रकाश देउवालाई बधाई दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #कैलाली-५ मा कांग्रेसका डिल्लीराज पन्त निर्वाचित, #डिल्लीराज पन्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्