काठमाडौंका नौ सांसदलाई बधाई दिँदै बालेनले भनेः सहकार्य गरी काठमाडौं बनाउन आतुर छु

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले जिल्लाका नवनिर्वाचित नौ सांसदलाई बधाई तथा शुभकामना दिएका छन् । उनले नवनिर्वाचित सांसदहरूसँग सहकार्य गरी राम्रो काठमाडौं बनाउन आतुर रहेको जनाएका छन् ।
उनले हालै सम्पन्न निर्वाचनमा सबै उम्मेदवारको कोसिसप्रति आफ्नो सम्मान पनि रहेको बताएका छन् । काठमाडौं महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन नवनिर्वाचित सांसदहरू सबैको साथ आवश्यक हुने उल्लेख गरेका छन् ।
‘भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरुको कोसिसको सम्मान छ । निर्वाचितहरुलाई बधाई र शुभकामना छ । काठमाडौं महानगरपालिका देशकै राजधानी हो । देशभरिका मानिसहरुको प्रत्यक्ष सरोकारका धेरै बिषयमा काठमाडौं महानगर जोडिनुपर्ने अवस्था हुन्छ । काठमाडौं महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक ऊर्जा र उदाहरण प्रवाह गर्न सक्दछ ।
तर कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरु यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ । खोला किनार ब्यवस्थापन, फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरुको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्दछ । काठमाण्डौँ महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन तपाईहरु सबैको साथ आवश्यक हुनेछ । तपाईहरुसँग सहकार्य गरि काठमाण्डौँ बनाउन हामी आतुर छौँ,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।
काठमाडौं महानगरपालिकामा काठमाडौं १, २, ३, ४, ५, ६, ७, ८ र ९ निर्वाचन क्षेत्र पर्छन् । बालेनले नौ क्षेत्रबाटै जितेका सांसदहरूको तस्बिर राखेर सामाजिक सञ्जालमा बधाई र शुभकामना दिएका हुन् ।
क्याटेगोरी :
समाचार
ट्याग : #hot, #काठमाडौँं महानगरपालिका, #बालेन्द्र साह
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्