काठमाडौंका नौ सांसदलाई बधाई दिँदै बालेनले भनेः सहकार्य गरी काठमाडौं बनाउन आतुर छु
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले जिल्लाका नवनिर्वाचित नौ सांसदलाई बधाई तथा शुभकामना दिएका छन् । उनले नवनिर्वाचित सांसदहरूसँग सहकार्य गरी राम्रो काठमाडौं बनाउन आतुर रहेको जनाएका छन् ।
उनले हालै सम्पन्न निर्वाचनमा सबै उम्मेदवारको कोसिसप्रति आफ्नो सम्मान पनि रहेको बताएका छन् । काठमाडौं महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन नवनिर्वाचित सांसदहरू सबैको साथ आवश्यक हुने उल्लेख गरेका छन् ।
‘भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरुको कोसिसको सम्मान छ । निर्वाचितहरुलाई बधाई र शुभकामना छ । काठमाडौं महानगरपालिका देशकै राजधानी हो । देशभरिका मानिसहरुको प्रत्यक्ष सरोकारका धेरै बिषयमा काठमाडौं महानगर जोडिनुपर्ने अवस्था हुन्छ । काठमाडौं महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक ऊर्जा र उदाहरण प्रवाह गर्न सक्दछ ।
तर कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरु यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ । खोला किनार ब्यवस्थापन, फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरुको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्दछ । काठमाण्डौँ महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन तपाईहरु सबैको साथ आवश्यक हुनेछ । तपाईहरुसँग सहकार्य गरि काठमाण्डौँ बनाउन हामी आतुर छौँ,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।
काठमाडौं महानगरपालिकामा काठमाडौं १, २, ३, ४, ५, ६, ७, ८ र ९ निर्वाचन क्षेत्र पर्छन् । बालेनले नौ क्षेत्रबाटै जितेका सांसदहरूको तस्बिर राखेर सामाजिक सञ्जालमा बधाई र शुभकामना दिएका हुन् ।
क्याटेगोरी :
समाचार
ट्याग : #hot, #काठमाडौँं महानगरपालिका, #बालेन्द्र साह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्