लागुऔषध गाँजासहित धादिङको गल्छीबाट तीनजना पक्राउ
धादिङ । अवैध लागुऔषध गाँजासहित धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ चिसापानीबाट तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पृथ्वी राजमार्ग हुँदै काठमाण्डौबाट भैरहवा तर्फ जाँदै गरेको ना ५ ख ७३९६ नम्बरको ट्रकलाई चेकजांच गर्दा ट्रकभित्र रहेको जेब्रा झोलामा ६ किलो गाँजा फेला परेको हो ।
ट्रकमा लुकाईछिपाई बोकेको अवैध लागुऔषध गाँजासहित ट्रक चालक रुपनदेही जिल्ला तिलोतमा नगरपालिका वडा नम्बर १ का ३२ वर्षीय तिल बहादुर थारुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिए ।
ट्रकमा गाँजा हालेर मोटरसाइकलमा सवार गर्ने दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकमा गाँजा पठाएर आफू मोटरसाइकलमा हिड्ने धादिङ गल्छी गाउँपालिका -६ का २३ वर्षीय बिमल तामाङ र सोही मोटरसाइकलमा सवार गल्छि गाउँपालिका-५ का २५ वर्षीय सुनिल तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले बिमल र सुनिलले प्रयोग गरेको बा.प्र.०२-०३१ प०६८० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ । ट्रक चालकसहित पक्राउ परेकाहरुको अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिए।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
ट्याग : #पक्राउ, #लागुऔषध गाँजासहित धादिङको गल्छीबाट तीनजना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्