कान्तिपुर मलको भारी छुटदेखि उपहारसम्म, लक्की ड्र विजेतालाई पुरस्कार हस्तान्तरण
काठमाडौं । काठमाडौं छिर्ने मुख्य नाका नयाँ बसपार्कमा रहेको कान्तिपुर मलले हरेक वर्ष चाडपर्वमा ग्राहकलाई आकर्षित गर्न विभिन्न योजनाहरु ल्याउने गरेको छ ।यस वर्षको चाडवाडको उपहार योजना मङ्सिर १ गते ग्राहकको उपस्थितिमा लक्की ड्र मार्फत खोलिएको थियो। उपहार विजेतालाई आज पुरस्कार हस्तान्तरण गरिएको छ।
हिन्दु धर्मावलम्बीहरुको महान चाड दशै,तिहार र छठ पर्वलाई लक्षित गरेर कान्तिपुर मलले गुणस्तरीय सामानका साथै विशेष छुट दिने योजना पनि ल्याएको थियो। विगत १६ वर्षदेखी निरन्तर रुपमा उपहार कार्यक्रम आयोजना गर्दै आएको नयाँ बसपार्क,गोङ्गबु काठमाडौं स्थित कान्तिपुर मलले यस वर्ष पनि दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी उपहार प्याकेज ल्याएको थियो। कार्तिक महिनाको अन्तिम सम्म मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले एक हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा एक वटा उपहार कुपन प्राप्त गरेका थिए।
उपहार विजेता प्रथम पुरस्कार १५० सिसिको यमाहा बाईक लक्की ड्र नम्बर १२५२७ बाट बोहराटार,काठमाडौं बस्ने श्याम भट्टराईले १५० सिसिको यमहा बाईक , दोश्रो पुरस्कार १२५ सिसिको यमाहा स्कुटरका लागी २०१४९ नम्बरबाट उदयपुरका खगेन्द्र श्रेष्ठ , तेश्रो पुरस्कार ४३ इन्चको एमआई कम्पनीको एलईडिका लागी लक्की ड्र नम्बर ०६५२९ बाट मित्रनगरका कपिल कडेल,चौथो पुरस्कार सान्सुई कम्पनीको २०० लिटरको फ्रीजका लागी लक्की ड्र नम्बर २०४३२ बाट तारकेश्वर-७ का मिस्सी विष्ट र अन्य सान्त्वना पुरस्कार (पाँच जनालाई )यसुदाको इलेक्ट्रिक केटल विजेताको लक्की ड्र नम्बरहरु ०४११३ सन्तोष ज्ञवाली (बुटवल),२७२५९ बाट रोल्पाका जेवि घर्ती मगर, ०९३२६ बाट खनियावास -४ निवासी साजन पौडेल ,१०९९३ र ०६९८१ छ्न् । उपहार विजेताहरुले उपहार पाए पछि खुशी व्यक्त गरेका थिए।बिजेताहरुलाई कान्तिपुर मलका महाप्रबन्धक अमर निरौला र कान्तिपुर मल व्यापार संघका उपाध्यक्ष रमेश गौतमले बधाई दिदैं उपहार प्रदान गर्नुभएको थियो ।

क्याटेगोरी : समाचार
ट्याग : #कान्तिपुर मल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्