Techie IT
शनिबार, वैशाख १९,२०८३

काँग्रेसले सदस्यता खारेज गरेको जंगीलाल राय सर्लाही २ (क)मा निर्वाचित


सर्लाही । सर्लाही क्षेत्र नं. २ (क) प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार जंगीलाल राय निर्वाचित हुनुभएको छ ।

निर्वाचित रायले ८ हजार२ सय ९० मत प्राप्त गर्नुभएको छ । रायको निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुनिल कुमार साहले ७ हजार २ सय १४ मत प्राप्त गर्नुभएको छ ।

रायले २ हजार ७६ मतान्तरले साहलाई पराजित गरी विजयी हुनुभएको हो । निर्वाचित रायलाई सता गठबन्धनका आधिकारिक उम्मेदवारलाई नसघाएको भन्दै नेपाली काँग्रेसले साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #जंगीलाल राय


तपाईको कमेन्ट लेख्नुहोस्