शेरधन राईलाई पराजित गर्दे माओवादी केन्द्रका सुदन किराँती विजयी
भोजपुर । मङ्सिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत प्रतिनिधिसभा तर्फ पूर्वमुख्यमन्त्री शेरधन राईलाई हराउँदै गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सुदन किराँती दुई हजार तीन सय ८५ मतान्तरले भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा बिजयी हुनु भएको छ ।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहनु भएका किराँतीले २८ हजार पाँच सय ७८ मत प्राप्त गर्नु भएको छ भने प्रतिस्पर्धी एमालेका राईले २६ हजार एक सय ९३ मत प्राप्त गर्नु भएको थियो ।
कुल एक लाख २३ हजार तीन सय ७९ मतदाता हुँदा ६१ हजार आठ सय ३० मत खसेको थियो । जसमा ५८ हजार छ सय ६२ मत सदर र तीन हजार एक सय ६८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यलले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
भोजपुरमा प्रतिनिधिसभा तर्फ १२, प्रदेशसभा (क) मा ७ र (ख) मा ६ जना गरी २५ उम्मेदवारले निर्वाचनमा भाग लिनु भएको थियो । भोजपुरका दुई वटा प्रदेशसभा तर्फ पनि गठबन्धन दलका उम्मेदवार विजयी हुनु भएको छ । प्रदेशसभा (क) तर्फ एकीकृत समाजवादी पार्टीका तर्फबाट प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई विजयी हुनु भएको थियो । राईले १६ हजार एक सय १० मत प्राप्त गर्नु भएको थियो भने प्रतिस्पर्धामा रहेका एमालेका हरि बहादुर राईले १२ हजार दुई सय २३ मत ल्याउनु भएको थियो । दुवैको मत अन्तर तीन हजार आठ सय ८७ थियो ।
यस्तै प्रदेशसभा (ख) तर्फ नेपाली कांग्रेसका जिल्ला सभापति बिनोद बान्तवा १३ हजार पाँच सय ७९ मत ल्याउँदै विजयी बन्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका प्रदेश कमिटी सदस्य खड्गबहादुर कार्कीले १२ हजार आठ सय ३८ मत मात्र प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुई उम्मेदवार बीचको मतान्तर सात सय ५१ छ ।
प्रदेशसभा तथा प्रतिनिधिसभा दुवैको मतगणना सकिएकाले अव समानुपातिक तर्फको मतगणना कार्य शुक्रवारबाट थालिने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #शेरधन राई, #सुदन किराँती
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्