बिदा भए म्यादी प्रहरी
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी भर्ना गरिएको म्यादी प्रहरीको आज बिदाइ गरिएको छ । चुनाव सकिएसँगै नतिजा पनि आइसकेकोले म्यादी प्रहरीको बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड २०७९ बमोजिम अन्तिम नतिजामा उत्तीर्ण भई मंसिर ८ गते देखी निर्वाचनको सुरक्षार्थमा खटिएका थिए । ४० दिनको कार्य अवधि समाप्त गरेसंगै उनीहरुलाई बिदाई गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई आज (बिहिबार) जिल्ला प्रहरी कार्यालय बागलुङको प्रांगणमा एक कार्यक्रमका बिच बागलुङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले प्रमाणपत्र बितरण गर्दै बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक ज्ञवालीले जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहत प्रहरी ईकाईमा प्रहरीसँग संयुक्त रुपमा अहोरात्र परिचालन भई निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुशासित वातावरणमा सम्पन्न गरी सराहनीय भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए ।

उनलेे निर्वाचनको समयमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उज्ज्वल भबिष्यको कामनासहित धन्यवाद ज्ञापन समेत गरेका थिए । यो अवधिको सिकाइले सम्पुर्ण म्यादी प्रहरीलाइ उज्जल भबिष्यको लागि सहयोग पुर्याउने उनको भनाइ थियो । यो अवधिमा म्यादी प्रहरीले धेरै कुरा सिकेको भन्दै आफ्नो स्थानमा हुने बिकृती र बिसंगतीका बिरुद्ध हातेमालो गर्नेमा आफू आशावादी रहेको उनले बताए ।

म्यादी प्रहरीले ४० दिनसम्म खटिएबापत आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले तथा रासन, पारिश्रमिक र स्थानीय भत्ता पाउनेछन् । त्यस्तै, निर्वाचनको दिन सात दिनका लागि प्रतिदिन २ सय ५० रुपैयाँका दरले विशेष भत्ता र २ सय ५० रुपैयाँ नै खाजा खर्च समेत पाउने छन् । म्यादीमा भर्ना भएकाले ४ हजार पोसाक भत्ता पाउनेछन् भने बाटो खर्चस्वरूप १ हजार रुपैयाँ पनि थप भत्ता पाउने छन् ।

यता, ४० दिन भएपनि देशको सेवा गर्न पाएकोमा आफूहरु धेरै खुशी भएको म्यादी प्रहरी बताउँछन् । गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजना अन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्