लागूऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ
चितवन । पुर्वी चितवनको राप्ती नगरपालिका वडा नंम्बर १ लोथरबाट लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीको चेकिङ टोलीले गएराती साँढे आठ बजेको समयमा लागूऔषध सहित भारत देश बाडा परेउवा वर्डा नंम्बर १ बस्ने २८ बर्षीया राहुल शर्मा र सोही ठाउँ बस्ने २९ बर्षीया अजित कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मकवानपुरबाट चितवनतर्फ आउँदै गरेको ना. ५७. प. २४६४ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाइकलमा सवार साहले झोलामा लुकाईछिपाई ल्याएको अवस्थामा प्रतिबन्धित लागुऔषध डाईजेपाम पाँच सय अड्चालिस एम्पुल, फेनारगन पाँच सय पचास एम्पुल र नोफिन पाँच सय पचास एम्पुल गरी एक हजार छ सय अड्चालिस थान लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको बताए ।
पक्राउ परेकाहरु उपर आज (बिहीबार) सम्मानित चितवन जिल्ला अदालत बाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको समेत प्रहरी उपरीक्षक अधिकारीले बताए । पछिल्लो समय चितवन प्रहरीले जिल्ला भित्रीने प्रमुख राजमार्गहरुमा सवारी चेकजाँचलाई तीव्रता दिएसंगै प्रहरीले लागूऔषध कारोबारी नियन्त्रणमा समेत उल्लेखनीय सफलता पाइरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्