अपेक्षा अनुसार नतिजा नआएपछि माधव नेपालले के भने ?
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा अपेक्षा गरेभन्दा फरक नतिजा आएको बताएका छन् ।
रौतहटको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनमा आफूले सोचेको भन्दा कमजोर नतिजा आएको र नतिजाले शिक्षा दिएको बताएका हुन् ।
उनले आगामी दिनमा निर्वाचनको परिणामको मूल्याङ्कन गर्दै भएका कमीकमजोरी सुधार गरी अघि बढ्ने धारणा व्यक्त गरेका छन् । अबको सरकार कसको बन्छ भनेर अहिले नै भन्न नसकिने भन्दै उनले समयको माग अनुसार सरकार बन्ने पनि बताए ।
जनताले आफूलाई इमान्दारीता र निष्ठापूर्वक नै हेरेकाले जनताको विश्वासलाई पूरा गर्ने अठोट उनले व्यक्त गरेका छन् ।
अध्यक्ष नेपाल ३३ हजार ५२२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ मत प्राप्त गरे ।
यसअघि २०४८ देखि २०५६ सम्म राष्ट्रियसभा सदस्य तथा प्रमुख विपक्षी दलका नेता रहेका अध्यक्ष नेपाल २०५६, २०६५, २०७० र २०७४ मा पनि प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #माधवकुमार नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्