रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित
रौतहट । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत रौतहटको क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ६ हजार ६ सय मतान्तरले विजयी हुनुभएको छ ।
उहाँले ३३ हजार ५ सय २२ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले २६ हजार ९ सय २२ मत प्राप्त गर्नुभएको छ ।
योसँगै यस क्षेत्रको निर्वाचन गठबन्धनका सबै उम्मेदवार विजयी हुनुभएको छ ।
यस्तै प्रदेशसभाको क्षेत्र नम्बर १ को (ख) मा नेपाली काँग्रेसका कृष्णप्रसाद यादव विजयी हुनुभएको छ उहाँले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीलाई १ हजार ८१ मतान्तरले पराजित गर्नुभएको हो ।
नेपाली काँग्रेसको मधेश प्रदेश सभापति समेत रहनुभएका यादवले १२ हजार ४ सय ८१ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी चौधरीले ११ हजार ४ सय मत प्राप्त गर्नु भएको छ ।
यस्तै क्षेत्र नम्बर १ (क) का लागि प्रदेशसभा सदस्यमा नेपालीका काँग्रेसका नागेन्द्र साह विजयी हुनुभएको छ ।
उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजकिशोर प्रसाद यादवलाई १ हजार ६ सय ३९ मतान्तरले पराजित गर्नुभएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #माधवकुमार नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्