पाँचथर प्रदेश सभा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी
पाँचथर I पाँचथरमा प्रदेश सभा सदस्यतर्फका दुवै क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
पाँचथर प्रदेश सभा १ तर्फ नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगू विजयी हुनुभएको छ । जबेगूले १६ हजार ८३७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजकुमार भण्डारीले १६ हजार २०४ मत प्राप्त गर्नुभयो ।
जबेगू एकीकृत समाजवादी पाँचथरको अध्यक्ष तथा भण्डारी एमाले पाँचथरको अध्यक्ष हुनुहुन्छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सागर केरुङले १ हजार ६ सय ३४ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा ३९ हजार ९३३ मत खसेकामा एक हजार ३३६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै पाँचथर प्रदेश सभा २ मा गठबन्धनको नेकपा (माओवादी केन्द्र)का उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी हुनुभयो । आङ्बोले १५ हजार ६ सय ७२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्बाङले १२ हजार ६०५ मत प्राप्त गर्नुभयो । आङ्बो यसअघि पनि यही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँ प्रदेश नं. १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री समेत हुनुहुन्छ । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले एक हजार ७६६ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा ३४ हजार ४६५ मत खसेकामा एक ३३८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुवै क्षेत्रमा विजयको घोषणा भएको छैन् । पाँचथरमा प्रतिनिधि सभा सदस्यको मतगणना जारी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पाँचथर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्