चितवन-२ बाट भारी मतान्तरले जित्दै रवि लामिछाने
चितवन । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने चितवन-२ बाट फराकिलो मतान्तरसहित जित हासिल गर्ने भएका छन् । बिहीबार बिहान सवा सात बजेसम्मको मतगणनाअनुसार लामिछानेले ४२ हजार २४१ मत ल्याएका छन् ।
सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको १३ हजार ९२९ मत आएको छ । एमालेका कृष्णभक्त पोखरेलको १३ हजार ३०८ मत आएको छ ।
चितवन(२ मा हालसम्म ७३ हजार ९४४ मत गणना भएको छ । यहाँ आइतबार भएको मतदानमा ८४ हजार ३१५ मत खसेको थियो । अब गन्न बाँकी १० हजार ३७१ मत छ । तर रविले आफ्ना निकटतम् प्रतिस्पर्धीभन्दा २८ हजार ३१२ मतान्तर कायम गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उमेश श्रेष्ठ, #कृष्णभक्त पोखरेल, #रवि लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्