अर्घाखाँचीबाट एमाले नेता टोपबहादुर रायमाझी चौथो पटक निर्वाचित
अर्घाखाँची। अर्घाखाँचीबाट प्रतिनिधि सभामा नेकपा (एमाले) का उम्मेदवार टोपबहादुर रायमाझी विजयी हुनुभएको छ । रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान उपसभामुख पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गर्नुभयो । रायमाझीले १७ सय ३० मत अन्तरले विजयी हुनुभयो ।
रायमाझीले २०६४, २०७०, २०७४ र २०७९ गरी ४ पटक विजयी हुनुभएको छ । हाल रायमाझी एमाले केन्द्रीय सचिव रहनुभएको छ पूर्व उपप्रधानमन्त्री भइसक्नुभएका रायमाझीले पटक पटक मन्त्री भइसक्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३ हजार १ सय ९९ मत प्राप्त गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोपबहादुर रायमाझी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्