मुख्य सडक कालोपत्रे गर्छौँ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारी
दमौली। तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले यो क्षेत्रमा रहेका मुख्य राजमार्ग पाँच वर्षभित्र कालोपत्रे गर्ने बताउनुभएको छ ।
तनहुँको भीमाद नगरपालिका–६ भीमाद बजारमा आज आयोजित विजय जुलुसपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले यस क्षेत्रमा रहेका मुख्य मार्ग अझै पनि कच्ची रहेकाले पाँच वर्षभित्र यसलाई कालोपत्रे गराउने बताउनुभएको हो ।
फलफूल, अन्नबाली उत्पादनका लागि सिँचाइका नयाँ योजना सुरुआत गर्ने बताउँदै भण्डारीले भन्नुभयो, “चुनावमा जुन प्रतिबद्धता लिएर जनतामाझ पुगेका थियौँ, त्यसलाई पूरा गरेर छाड्छौँ ।”
विसं २०४६ को परिवर्तनपछि यस क्षेत्रमा जुन प्रकारले विकास हुनुपर्थ्यो त्यो नभएको भन्दै भण्डारीले विकास अभियान पूरा गर्न जनताले परिवर्तन चाहेको बताउनुभयो । “विसं २०४६ को परिवर्तनपछि यस क्षेत्रमा जुन प्रकारले विकास हुनुपर्थ्यो, त्यो हुन सकेको छैन । विसं २०४८ देखि निर्वाचित साथीहरूले जुन काम गर्नुपर्थ्यो त्यो नभएका कारण जनताले हाम्रो खोजी गर्नुभयो, जनताको विश्वासलाई खेर जान दिन्नौँ”, भण्डारीले भन्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य भण्डारीले कृषि क्षेत्रमा कुनै योजना नआएको भन्दै आधुनिक कृषि प्रणालीको विकास गर्ने उल्लेख गर्नुभयो । यस क्षेत्रमा भूमिहीन सुकुम्बासीको समस्या रहेकाले पाँच वर्षभित्र सुकुम्बासीको समस्या समाधान हुने दाबी गर्नुभयो । “पाँच वर्षभित्र सुकुम्वासीले लालपुर्जा पाउँछन्, अर्को चुनावमा भेट हुँदा यसको समस्याबारे सुन्न पर्दैन”, भण्डारीले भन्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #शङ्कर भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्