Techie IT
बिहीबार, वैशाख १७,२०८३

बर्दिया- १ को (१) मा कांग्रेसका निर्वाचित


रुपन्देही । बर्दिया क्षेत्र नम्बर १ को १ नेपाली कांग्रेसका भुवनेश्वर चौधरी निर्वाचित भएका छन्। उनलाई सत्तारुढ गठबन्धन दलको समर्थन रहेको थियो ।

अघिल्लो कार्यकालमा लुम्बिनी प्रदेशसभा समानुपातिक तर्फका सांसद बनेका चौधरीले एमालेका शालिकराम अधिकारीलाई १ सय १९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

चौधरीले १७ हजार २६ र अधिकारीले १६ हजार ९०७ मत प्राप्त गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीका खेमबहादुर थारुले ११ हजार ९०१ मत प्राप्त गरेका छन्।

२०१९ फागुन २५ गते बर्दियामा जन्मिएका चौधरीले एसएलसीसम्मको शिक्षा हासिल गरेका छन्।

भुवनेश्वर मैनापोखर गाउँ विकास समितिका पूर्व अध्यक्ष हुन्।


क्याटेगोरी : समाचार
ट्याग : #भुवनेश्वर चौधरी


तपाईको कमेन्ट लेख्नुहोस्