सोलुखुम्बु-१ मा एमालेका वुद्धिकुमार राजभण्डारी प्रदेशसभामा निर्वाचित
सोलुखुम्बु । सोलुखुम्बुको प्रदेश सभा निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका वुद्धिकुमार राजभण्डारी निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार शिव बहादुर बस्नेतलाई हराउँदै राजभण्डारी निर्वाचित भएका हुन् ।
राजभण्डारीले १० हजार १२८ र बस्नेतले ६ हजार ८ सय १५ मत ल्याएका छन् । यी दुई बीच ३ हजार ३ सय १३ मतान्तर छ । २०७४ सालको निर्वाचनमा पनि राजभण्डारी निर्वाचित भएका थिए । उनले नेकपा एमाले प्रदेश १ संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी निर्बाह गरेका थिए ।
प्रमुख सचेतक बनेका राजभण्डारीलाई गठबन्धनका साझा उम्मेदवारसँग जित्न चुनौती थियो । सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा क को मतगणना जारी रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #वुद्धिकुमार राजभण्डारी, #सोलुखुम्बु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्