विश्वकप फुटबल : जर्मनीविरुद्ध जापानको शानदार जीत

काठमाडौं । चार पटकको विजेता जर्मनीलाई २–१ गोलको नतिजामा पराजित गर्दै जापानले कतारमा जारी फिफा विश्वकप २०२२ मा सानदार सुरुआत गरेको छ ।
खालिफा अन्तर्राष्ट्रिय रंगशालामा बुधवार सम्पन्न खेलमा जापानलाई जित दिलाउन रित्सु दोआन र ताकुमा आस्नोले गोल गरे । भने जर्मनीका लागि इल्के गुन्डोगनले गोल गरे ।
खेलको ३३औँ मिनेटमा गुन्डोगनले पेनाल्टीमार्फत गरेको गोलमा अग्रता लिएको जर्मनीले अन्तिमसम्म त्यसलाई बचाउन सकेन ।
मैदान प्रवेश गरेको पहिलो मिनेटमै दोआनले गोल गर्दै जर्मनीविरुद्ध खेललाई १–१ को स्थितिमा ल्याएका थिए ।
उनी ७४औँ मिनेटमा हिरोकी साकाईको स्थानमा मैदान प्रवेश गरेका थिए ।
प्रतिस्पर्धात्मक खेलको ८३औँ मिनेटमा आस्नोले गोल गर्दै जापानको जित २–१ले सुनिश्चित गरे ।
जितसँगै समूह ‘ई’ मा जापानले तीन अंक जोडेको छ ।
जर्मनीले ९९९४ देखि सुरुआती अग्रता लिएर पहिलो पटक विश्वकपको पहिलो खेलमा पराजय बेहोरेको हो ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #जर्मनीविरुद्ध जापानको शानदार जीत, #विश्वकप, #विश्वकप फुटबल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्