Techie IT
सोमबार, वैशाख २२,२०८२

दोलखामा मतगणनाको माग गर्दै गठबन्धनका उम्मेदवार नै धर्नामा


दोलखा । चार दिन अघिको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना माग गर्दै दोलखामा लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार नै धर्नामा बसेका छन्।

गठबन्धनबाट प्रतिनिधिसभाका गंगा कार्की, प्रदेश सभा क्षेत्र नम्बर १ का कुन्दनराज काफ्ले र २ का बर्मा लामा धर्नामा बसेका हुन्। यसअघि मतगणनास्थल तोकिएको चरिकोटको गौरीशंकर क्याम्पस अगाडि गठबन्धनका उम्मेदवारसहितका नेता, कार्यकर्ता धर्नामा छन्।

प्रतिनिधिसभा सदस्य उम्मेदवार कार्कीले जिल्लाका सबै मतपेटिका सदरमुकाम भित्रिसके पनि मतगणना नभएपछि धर्ना थालिएको बताए। निर्वाचनमा धाँधली भएको र गठबन्धनका कार्यकर्ताले मतदान केन्द्र नियन्त्रणमा लिएर एकलौटी मत हालेको आरोप लगाउँदै एमालेका उम्मेदवारले उजुरी दिएपछि मतगणना हुन सकेको छैन।

दोलखाका सहायक मतदान अधिकृत शिव पोखरेलले उजरीमाथि छानबिन भइरहेकाले निर्वाचन आयोगले मतगणना नगर्न भनेको बताए। उजुरीमाथि छानबिन गर्न आयोगले बुधबार मात्र सहसचिव यज्ञप्रसाद भट्टराई नेतृत्वको तीन सदस्यीय टोली पठाएको छ। एमालेले भने केही मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने माग गरेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #दोलखा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545